
रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिका वडा नं.–२ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा प्रबल कुमार बलले निर्वाचन अधिकृतको कार्यालय पुगेर बागी उम्मेदवारी दर्ता गरिएको छ।
उम्मेदवारी दर्तापछि सुनापति न्युज डटकमसँग प्रतिक्रिया दिँदै बलले आफ्नो उम्मेदवारी वडा नं.–२ दिमीपोखरीवासीका आवाजलाई प्रतिनिधित्व गर्ने बताए । ‘दिमीपोखरीवासीको प्रतिनिधित्व गरि मेरो उम्मेदवारी परेको छ, मलाई विश्वास गर्ने छन्,’ उनले भने ।
को हुन् त वडा अध्यक्षका बागी उम्मेदवार बल ?
वडा अध्यक्षका उम्मेदवार बल लामो समयदेखी नेकपा माओवादी केन्द्रको राजनितीमा आबद्ध रहेका छन् । उनी परिवर्तनका लागि परिवार सहित जनयुद्धमा होमिए। । विक्रम संवत् २०५९ चैत्र २९ गते चैनपुर मोर्चा लड्दा लड्दै आफ्ना भाइ गुमाएका थिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।