पहिरोमा ज्यान गुमाएका अनुपमको स्मृतिमा फुटबल प्रतियोेगिता सुरु, हेटौँडा ८ र १८ को विजयी सुरुवात

८ फागुन, हेटौँडा । गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुपम घलानको स्मृतिमा फुटबल प्रतियोगिता सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका अनुपमसहित ६ जनाको मृत्यु भएको थियो । उक्त घटनमा परी मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, इन्द्रसरोवरका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकीको ज्यान गएको थियो ।

नगर खेलकुद विकास समिति हेटौँडाको आयोजनामा हेटौँडा ५ स्थित क्याम्पा रंगशालामा सुरु भएको अनुमप घलान स्मृति १६ वर्ष मुनिको नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौँडा ८ र १८ विजयी सुरुवात गरेका छन् । बुधबारबाछ सुरु भएको प्रतियोगितामा हेटौँडा १८ ले ७ नम्बर र ८ नम्बरले १३ नम्बर वडालाई हराएका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा १८ नम्बर वडाले ८ नम्बर वडालाई १–० गोलले हरायो । १८ का लागि अनमोल मिजारले निर्णायक गोल गरे । पहिलो हाफको छैठौं मिनेटमा गोल गर्दै वडालाई जित दिलाएका हुन् । उनी नै खेलको म्यान अफ द म्याच बने ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा हेटौँडा १३ लाई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै हेटौँडा ८ विजयी भयो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा शिशिर भण्डारीको गोलबाट हेटौँडा ८ ले अग्रता बनाएको थियो । त्यसको २० मिनेटपछि १३ नम्बर वडा खेलमा फर्कियो । प्रितम थिङले १३ नम्बरका लागि गोल गर्दै खेलमा फार्काए । त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । दोस्रो खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।

प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपमका पिता समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक मेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ६ नम्बर अध्यक्ष विष्णुबहादुर दाहाल, ८ नम्बर अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष शुकराम केसी, ११ का अध्यक्ष जुना दाहाल, १५ का अध्यक्ष सुनिल मोक्तान, १८ का अध्यक्ष अनिल बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज