पहिरोमा ज्यान गुमाएका अनुपमको स्मृतिमा फुटबल प्रतियोेगिता सुरु, हेटौँडा ८ र १८ को विजयी सुरुवात

८ फागुन, हेटौँडा । गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुपम घलानको स्मृतिमा फुटबल प्रतियोगिता सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका अनुपमसहित ६ जनाको मृत्यु भएको थियो । उक्त घटनमा परी मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, इन्द्रसरोवरका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकीको ज्यान गएको थियो ।

नगर खेलकुद विकास समिति हेटौँडाको आयोजनामा हेटौँडा ५ स्थित क्याम्पा रंगशालामा सुरु भएको अनुमप घलान स्मृति १६ वर्ष मुनिको नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौँडा ८ र १८ विजयी सुरुवात गरेका छन् । बुधबारबाछ सुरु भएको प्रतियोगितामा हेटौँडा १८ ले ७ नम्बर र ८ नम्बरले १३ नम्बर वडालाई हराएका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा १८ नम्बर वडाले ८ नम्बर वडालाई १–० गोलले हरायो । १८ का लागि अनमोल मिजारले निर्णायक गोल गरे । पहिलो हाफको छैठौं मिनेटमा गोल गर्दै वडालाई जित दिलाएका हुन् । उनी नै खेलको म्यान अफ द म्याच बने ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा हेटौँडा १३ लाई टाइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै हेटौँडा ८ विजयी भयो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा शिशिर भण्डारीको गोलबाट हेटौँडा ८ ले अग्रता बनाएको थियो । त्यसको २० मिनेटपछि १३ नम्बर वडा खेलमा फर्कियो । प्रितम थिङले १३ नम्बरका लागि गोल गर्दै खेलमा फार्काए । त्यसपछि दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । दोस्रो खेलको म्यान अफ द म्याच ८ नम्बरका गोलरक्षक प्रकाश परियार घोषित भए ।

प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपमका पिता समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक मेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ६ नम्बर अध्यक्ष विष्णुबहादुर दाहाल, ८ नम्बर अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष शुकराम केसी, ११ का अध्यक्ष जुना दाहाल, १५ का अध्यक्ष सुनिल मोक्तान, १८ का अध्यक्ष अनिल बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...