९ फागुन, हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले शुक्रबार २ जना प्रजिअको सरुवा गर्दा नवलपरासी पश्चिममा प्रजिअ रहेकी श्रेष्ठ मकवानपुर आउन लागेकी हुन् ।
यस्तै मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । श्रेष्ठ मकवानपुरमा पहिलो महिला प्रजिअका रुपमा आउन लागेकी हुन् । उनको यो माइती जिल्ला समेत हो
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।