झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

१० फागुन, हेटौँडा । मकवानपुरको बकैयामा क्रियाशिल अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले ३१३ औं साहित्य ऋंखला एवं ३२ औं वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्वस २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ ।

झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले फागुन १६ र १७ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विभिन्न कार्यक्रमसँगै सम्मान समर्पण कार्यक्रम गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन लगाएतका कार्यक्रम गरिने छ ।

झरनाका सचिव मसान उपासकले यसवर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्वलाई नगद सहित सम्मान गर्ने जानकारी दिए । उनका अनुसार यसवर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८१ भैरहवाका साहित्यकार प्राध्यापक डाक्टर कपिल प्रसाद लामिछानेलाई प्रदान गरिने छ । नगद २१ हजार १२१ राशिको उक्त पुरस्कार साहित्यसेवी नुरप्रसाद गौतमले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

साहित्यको विद्या मुक्तकमा योगदान गरेवापत प्रदान गरिँदै आएको नगद १५ हजार ५५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान यसवर्ष इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको यो पुरस्कार भने चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने सचिव मसानले बताए ।
यस्तै जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने १५ हजार ५५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ । झरना सचिव मसानका अनुसार यो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।

साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद ८ हजार पाँच सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्नो मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी यसवर्ष मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिँदै आएको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ बबी थापालाई प्रदान गरिने भएको छ । नगद ७ हजार ७७७ राशिसहितको उक्त सम्मान साहित्यसेवी राजन दंगालले आफ्नी दिवंगत छोरीको समृतिमा स्थापना गरेका हुन् ।

साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको ७ हजार ७७७ रुपैयाँको सञ्जीवनि बुटि साहित्य सम्मान–२०८१ यसवर्ष बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने छ भने बकैयाका चन्द्रकुमार राईल स्थापना गरेको बकैयाका नवप्रतिभाको सम्मान गर्ने ५ हजार ५५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ सन्तोष वि।क।लाई प्रदान गरिने झरनाका सविच मसान उपासकले जानकारी दिए ।

बकैयामै रहेर कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गनिरे ७ हजार ७७७ सहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ मुर्तिकार ओमभक्त भण्डारीले पाउने भएका छन् । यो सम्मान गाउँपालिकाका उपाध्यक्ष समेत रहेका भक्तबहादुर खत्रीले आफ्नो पिताको नाममा स्थापना गरेका हुन् ।

यसैगरी छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद ७ हजार ७७७ राशिसहितको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ । उक्त सम्मान जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेका हुन् ।

यस्तै बकैया गाउँपालिकाभरीका बिद्यालयहरूमध्ये उत्कृष्ट शिक्षक–२०८१ बुद्ध माविका हरी घिमिरेलाई सम्मान पत्रबाट सम्मान गरिने छ भने गोकर्ण गौतमको परिवारले स्थापना गरेको ११ हजार १११ रुपैयाँ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका ज्योती न्यौपानेलाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...