मकवानपुर प्रहरीद्वारा विभिन्न घटनाका ५ जना पक्राउ गरी सर्वाजनिक

१२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले विभिन्न घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । प्रहरीले अवैध हतियार ओसारपसारमा संलग्न २, अवैध सुन, लागूऔषध र चोरीका मोटरसाइकलबाट सामान परिवर्तन गर्ने कार्यमा संलग्न एक÷एक जना गरी ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले ११ फागुनमा अवैध हतियार पेस्तोलसहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुइजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटोमेटिक पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली ३ बरामद गरेको उनले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार गौरबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई रोकी जाँच गर्ने क्रममा अवैध हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । भटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

यस्तै मकवानपुर प्रहरीले ४३ दशमलव ३८ ग्राम सुनसहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका ५ का ३३ वर्षीय जस जोशी चौधरी रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ५१२९ नम्बरको बसलाई चेकिङको क्रममा सुन फेला परेको हो ।

बस चालक चौधरीलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा ४३ दशमलव ३८ ग्राम सुन फेला परेको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ गरेको सुनको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको छ ।

सुनसहित पक्राउ परेका जस जोशी चौधरीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

एकसय एम्पुल अवैध लागूऔषध डाइजेपामसहित प्रहरीले मकवानपुरको बकैया गाउँपालिका ४ छतिनका २४ वर्षीय नविन सुनारलाई हेटौंडाबाट पक्राउ गरेका छ । प्रहरीले उनको साथबाट डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरी एकसय एम्पुल लागूऔषध फेला पारेको हो ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ११६ नम्बरको बस चेकिङको क्रममा सुनार पक्राउ परेका हुन् । शंकाको आधारमा उनको शरीर खानतलासी गर्दा एकसय एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी प्रहरीले २ थान शंकास्पद मोटरसाइकलसहित बागमती गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ८ घर भई हाल मकवानपुरको बागमती गाउँपालिका ८ धमिनथानमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका ४२ वर्षीय समिम अन्सारी रहेका छन् ।

बागमती गाउँपालिका ७ धन्साई स्थित बाख्रेडाँडामा पूर्णबहादुर गोलेको घरमा शंकास्पद मोटरसाइकलको सामानहरु रहेको र अन्य मोटरसाइकलमा अदलीबदली गरिरहेको अवस्थामा प्रहरीले अन्सारीलाई पक्राउ गरेको हो ।

प्रहरीले बा.प्र.०२–०५४ प १४३१ नम्बर र बा ८० प ९५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । अन्य मोटरसाइकलको विभिन्न सामान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) श्यामु अर्यालले बताए ।

ईलाका प्रहरी कार्यालय फापरबारीको टोलीले अन्सारीलाई मोटरसाइकल र मोटरसाइकलको पार्ट्स सहित नियन्त्रणमा लिएको हो । फरार रहेका पूर्णबहादुर गोलेको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...