मकवानपुर प्रहरीद्वारा विभिन्न घटनाका ५ जना पक्राउ गरी सर्वाजनिक

१२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले विभिन्न घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । प्रहरीले अवैध हतियार ओसारपसारमा संलग्न २, अवैध सुन, लागूऔषध र चोरीका मोटरसाइकलबाट सामान परिवर्तन गर्ने कार्यमा संलग्न एक÷एक जना गरी ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले ११ फागुनमा अवैध हतियार पेस्तोलसहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुइजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटोमेटिक पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली ३ बरामद गरेको उनले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार गौरबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई रोकी जाँच गर्ने क्रममा अवैध हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । भटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

यस्तै मकवानपुर प्रहरीले ४३ दशमलव ३८ ग्राम सुनसहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका ५ का ३३ वर्षीय जस जोशी चौधरी रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ५१२९ नम्बरको बसलाई चेकिङको क्रममा सुन फेला परेको हो ।

बस चालक चौधरीलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा ४३ दशमलव ३८ ग्राम सुन फेला परेको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ गरेको सुनको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको छ ।

सुनसहित पक्राउ परेका जस जोशी चौधरीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

एकसय एम्पुल अवैध लागूऔषध डाइजेपामसहित प्रहरीले मकवानपुरको बकैया गाउँपालिका ४ छतिनका २४ वर्षीय नविन सुनारलाई हेटौंडाबाट पक्राउ गरेका छ । प्रहरीले उनको साथबाट डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरी एकसय एम्पुल लागूऔषध फेला पारेको हो ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ११६ नम्बरको बस चेकिङको क्रममा सुनार पक्राउ परेका हुन् । शंकाको आधारमा उनको शरीर खानतलासी गर्दा एकसय एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी प्रहरीले २ थान शंकास्पद मोटरसाइकलसहित बागमती गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ८ घर भई हाल मकवानपुरको बागमती गाउँपालिका ८ धमिनथानमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका ४२ वर्षीय समिम अन्सारी रहेका छन् ।

बागमती गाउँपालिका ७ धन्साई स्थित बाख्रेडाँडामा पूर्णबहादुर गोलेको घरमा शंकास्पद मोटरसाइकलको सामानहरु रहेको र अन्य मोटरसाइकलमा अदलीबदली गरिरहेको अवस्थामा प्रहरीले अन्सारीलाई पक्राउ गरेको हो ।

प्रहरीले बा.प्र.०२–०५४ प १४३१ नम्बर र बा ८० प ९५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । अन्य मोटरसाइकलको विभिन्न सामान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) श्यामु अर्यालले बताए ।

ईलाका प्रहरी कार्यालय फापरबारीको टोलीले अन्सारीलाई मोटरसाइकल र मोटरसाइकलको पार्ट्स सहित नियन्त्रणमा लिएको हो । फरार रहेका पूर्णबहादुर गोलेको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...