सिद्धार्थ माविको ४९ औं वार्षिकोत्सवमा उत्कृष्टा शिक्षक एवं विद्यार्थी सम्मानित

१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सव मंगलबार सम्पन्न गरेको छ । विद्यिालयले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका ५ जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा नगद सहित सम्मान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई, रोशन शाह, सुनिल शिवाकोटी, सुरुची रेग्मीलाई नगद ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो।

यस्तै विद्यालयकी कर्मचारी सपनामाया गोलेलाई नगदसहित कदरपत्र र सबै भन्दी बढी उपस्थित हुने शिक्षकहरु सुप्रिया चौलागाई र शोभा तिम्सिनालाई कदर पत्रले सम्मान गरिएको छ । यसैगरी विद्यालयको भवन निर्माणका लागि योग्दान पुयाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय, २०८० सालको एसईई परीक्षा र आधारभूत तहमा ‘ए’ प्लस अङ्क प्राप्त गरेका विद्यार्थी र सतप्रतिशत नजिता प्राप्त गरेका विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको छ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गर्दै आएको सिद्धार्थ बालबाटिकाको विमोचन पनि गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हेटौंडा नगर र जिल्लाकै शैक्षिक प्रगतिका लागि सिद्धार्थ माविले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा संयोजक तथा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, विद्यालयका निवर्तमान अध्यक्ष मधु बजगाईँ, निवर्तमान प्रअ मोहन प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...