भीम विराग प्रतिष्ठानले १७ फागुनमा ११ जनालाई सम्मान गर्ने

१४ फागुन, हेटौँडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । यहि १७ फागुनमा एक साहित्यिक कार्यक्रमकाबीच ४ वटा राष्ट्रिय र ७ वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यापन केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार उक्त अवसरमा पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गर्न लागिएको हो ।

प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८१ बाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार–२०८१ बाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८१ बाट मकवानपुरका कलाकार भोलाराज सापकोटा, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट काठमाडौंका पत्रकाररसाहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गर्ने भएको छ । प्रत्येक बिधाका पुरस्कृतलाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया(शिवकुमारी सृजनशील नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य सम्मानबाट मकवानपुरका साहित्यकाररबाल साहित्य अभियानकर्मी दीपक गौतमलाई सम्मान अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मानबाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वर्कमालाई सम्मान गरिने भएको छ । अध्यक्ष श्रेष्ठका अनुसार १० हजार राशिको भीम–मथुरा बाल प्रतिभा सम्मानबाट मकवानपुरकी विद्यार्थी रितिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मानबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन(कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मानबाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिने छ ।

पुरस्कार वितरण समारोहमा गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुती रहने प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए । उक्त सांगीतिक कार्यक्रमका लागि एकहजार रुपैयाँको टिकट लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...