२६ फागुन, हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाई नहुँने दावी गरेका छन् । उनले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । सोमबार हेटौँडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दलको पाँचौ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने स्पष्ट पारे ।
‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसिमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौ,’ उनले भने, ‘जिल्लाका साथीहरुले पनि सोहि अनुसार तयारी थाल्नुस ।’ अध्यक्ष गुरुङले अब पनि महाधिवेशन हुन्न कि भन्ने दुविधामा नरहन आग्रह गरे ।
उनले मातृ पार्टी कांग्रेसलाई गतिशिल र जनताको पार्टी बनाउन तरुण र युवाहरु लाग्नुपर्ने बेला आएको बताए । मुलुकमा भएका सबै परिवर्तनको नेतृत्वकर्ता पार्टी कांग्रेस र यसको नेतृत्वमाथी विभिन्न दल र समूहहरुले अनेकौ बहानामा षडयन्त्र गर्ने गरेको उल्लेख गर्दै उनले तरुणहरुले सतर्कता पूर्वक त्यस्ता दल र समूहको विरुद्ध भण्डाफोर अभियान चलाउनुपर्ने बताए । उनले तरुण दलका नेता तथा कार्यकर्ताहरुलाई सधैं सजग र तयारी अवस्थामा रहन निर्देशन पनि दिए ।
उक्त अवसरमा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले तरुण दलको महाधिवेशन समयमै होस भन्ने आफुहरुले पनि चाहेको बताए । उनले जिल्लामा तरुणको गतिविधिलाई क्रियाशिल बनाउन महाधिवेशन आवस्यक रहेको भन्दै पार्टीका तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
केन्द्रीय अध्यक्ष गुरुङले केन्द्रको प्रारम्भिक र पुर्णकालिन फारम भरी जतिसक्दो चाँडो केन्द्रमा पठाउन निर्देशन दिदै फारमहरु मकवानपुर जिल्लाका अधिवेशन संयोजक ईश्वर पाठकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमर्मा तरुण दलका केन्द्रीय सदस्यहरु राजेश भेट्वाल, सुनिल दाहाल, गोपी दाहाल, सरिन घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।