बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको बुधबारका लागि बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख भुवन कुमार पाठकको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रदेशसभा संचालनको अवस्था नरहेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम २ बमोजिम सूचना टाँस गरेर बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेशसभा संचालनका लागि मंगलबार दिनभर बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षदलहरु बिच सहमती जुट्न नसक्दा प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । सत्तापक्ष र विपक्षी दलहरुबिच विगतमा भएको सहमती कार्यान्वयनको विषय टुंगउन नसक्दा प्रदेशसभा बैठक दुईपटक समय तोकीएर बस्न सकेन ।

विशेषगरी बजेट माथिको विवादका कारण सत्तापक्ष र प्रतिपक्ष दल बिच विवाद हुँदै आएको थियो । मंगलबारको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पनि उक्त विषयमा सहमती जुट्न नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि बंगक सारिएको थियो । अपरान्ह ४ बजेका लागि बोलाइएको बृैठकमा पनि चल्न नसकेपछि सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर बागमती प्रदेश सरकारले बुधबार बिहान मन्त्रिपरिषदको बैठकबाट चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँर्गै आज बुधबार दिउँसोको प्रदेश सभा बैठक अन्यौल बनेको थियो । यस्तै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले चालु हिउँदे अधिवेशन आज राति ११ः५९ मिनेटबाट लागू हुनेगरी अन्त्य गरिसकेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...