२० चैत, हेटौंडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले पौडेललाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार प्रदेश सभाको सचिवमा नियुक्त गरेका हुन् । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।
उनलाई प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सचिव पौडेलले बुधबार नै पदभार समेत ग्रहण गरेका छन् ।
यसअघि पौडेल प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत रहेका थिए । उनले उक्त पदबाट १७ चैतमा राजिनामा दिएका थिए । राजिनामा स्विकृत भएसँगै पौडेललाई बागमती प्रदेश सभाको सचिवमा नियुक्त हुन बाटो खुलेको थियो ।
संघीय संसदमा १७ वर्ष सेवा गरेका उनलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नयाँ पत्रीकाबाट
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।