हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेका युवालाई नियन्त्रणमा लिएको भन्दै सपर्थकद्वारा प्रदर्शन

४ चैत, हेटौँडा । ३१ चैतमा हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जना युवालाई विनाशर्त रिहा गर्नुपर्ने भन्दै समर्थकहरुले हेटौँडामा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यलय मकवानपुर अगाडी पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ । उनीहरु आफै बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

६ जना युवाहरुले ३१ चैतमा हेटाँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए । यस्तै उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड समेत टाँसेका थिए । घटना लगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै विज्ञप्ती मार्फत प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

घटनामा लंलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आदेश गरेपनि उनीहरुलाई प्रहरीले भेटाउन सकेको थिएन । प्रहरीका अनुसार बोर्ड तोडमोड गरेर घटनामा संलग्न सबै फरार भएका थिए । प्रहरीले निरन्तर खोजतलाश गर्दा पनि फेला नपरेका उनीहरु बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय आफै उपस्थित भएका थिए ।

जिल्ला प्रहरी कार्यलयमा छलपलका लागि उपस्थित भएका उनीहरुलई प्रहरीले नियन्त्रणमा लिएको भन्दै युवाका सर्थकहरुले विहीबार साँझ जिल्ला प्रहरी कार्यलय अगाडी पूर्वपश्चिम सडक खण्ड केहिबेर अवरुद्ध गर्दै नारावाजी गरेका थिए । उनीहरुले राजनीतिक दवावका कारण युवाहरुलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका थिए ।

विरोधमा उत्रिएका युवाहरुले शुक्रबार १० बजेबाट विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई निशर्त छोड्नुपर्ने माग गरेका छन् । यसैविच घटनामा संलग्न रहेको भनिएका छ जना युवामाथी मकवानपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिई अनुसन्धान थालिएको छ ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...