११ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
हेटौँडा– १५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पाँच हजार ७५० पत्ता ९५७ हजार ५०० क्याप्सुल० लागुऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका– ७ बेनौली बस्ने गाडीचालक २५ वर्षीय तीर्थलाल पासवान र सहचालक सोही स्थानका २३ वर्षीय सुनील पटेल रहेका छन्।
बारा जिल्लाको सिम्रौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा– १५ रातोमाटे चेकप्वाइन्टस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको ट्रामाडोल बरामद भएको उनले जानकारी दिए।
उनीहरूलाई शंका लागेर खानतलासी गर्दा गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाएर ल्याएको अवस्थामा ट्रामाडोल बरामद भएको हो। उक्त लागुऔषध ट्रामाडोल हेटौँडाकै लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिए।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।