बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो ।

चैतसम्म बजेट खर्च दर न्यून भएसँगै अन्तिम ३ महिनामा प्रदेश सरकारमाथि दबाब बढेको हो । चालु आर्थिक वर्ष कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले ९ महिनामा जम्मा ३२.५१ प्रतिशतमात्र खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको हो । यसअघि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ९ महिनामा कुल बजेटको ४४.४२ प्रतिशत खर्च गरेको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

समग्र खर्चमा कमजोर देखिएको प्रदेश सरकारको पुँजीगत खर्च पनि निराशाजनक छ । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा २८.२४ प्रतिशत अर्थात् १० अर्ब ४९ करोड ७१ हजार रुपैयाँमात्रै खर्च गरेको छ । यस्तै चालुतर्फ ४०.५१ प्रतिशत अर्थात् १० अर्ब ४९ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।

१३ मन्त्रालयमध्ये सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले ४३.४३ प्रतिशत र सबैभन्दा कम पर्यटन, उद्योग तथा संस्कृति मन्त्रालयले १६.४३ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै प्रदेश सरकारले वित्तीय व्यवस्था तथा सेयर लगानी र अर्थ विविध शीर्षकमा विनियोजन भएको बजेट खर्च शून्य छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष वित्तीय व्यवस्था तथा सेयर लगानीमा एक अर्ब ५० करोड र अर्थ विविध शीर्षकमा ४ अर्ब ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा गत वर्षको अनुपातभन्दा कम खर्च हुने अनुमान गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार गत वर्ष चैत मसान्तमा प्रदेश सरकारको ४४ प्रतिशत बजेट खर्च भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ३२ प्रतिशतमात्र खर्च भएको छ ।

प्रदेशको आर्थिक मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले चालु आर्थिक वर्षको ३ महिना बाँकी हुँदा पनि बजेट खर्च अपेक्षा अनुसार नभएको स्वीकार गरे । उनले भौत्तिक प्रगति भए पनि भुक्तानी हुन बाँकी भएका कारण वित्तीय प्रगति कम देखिएको हुनसक्ने बताए ।
यस आधारमा चालु आर्थिक वर्षको बजेट खर्च दर गत वर्षको तुलनामा कम हुने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले बताए । उनका अनुसार बजेट कार्यक्रम कार्यान्वयन गत वर्षको तुलनामा कमजोर छ । विपद्बाट केही आयोजना कार्यान्वयनमा समेत समस्या भएकाले खर्च पनि कमजोर हुने उनले बताए ।

सरकारको बजेटमा उल्लेख भएको कार्यक्रम कार्यान्वयनमा राजनीतिक सङ्क्रमणले पनि प्रभाव परेको ती कर्मचारीले बताए । मन्त्रीहरूको प्रत्यक्ष संलग्नता रहँदा बजेट कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

प्रदेशको आर्थिक मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले चालु आर्थिक वर्षको ३ महिना बाँकी हुँदा पनि बजेट खर्च अपेक्षा अनुसार नभएको स्वीकार गरे । उनले भौत्तिक प्रगति भए पनि भुक्तानी हुन बाँकी भएका कारण वित्तीय प्रगति कम देखिएको हुनसक्ने बताए ।

कतिपय काम सम्पन्न भइसकेका योजनाहरूको भुक्तानी हुन बाँकी भएकाले पनि वित्तीय प्रगति नदेखिएको सचिव मैनाली बताउँछन् । ‘अब भुक्तानी प्रक्रिया बढ्ने बित्तिकै वित्तीय प्रगति पनि बढ्छ । केही काम सम्पन्न भएर पनि भुक्तानीको प्रक्रियामा रहेकाले खर्च देखिएको छैन । चैत, वैशाख महिनामा सम्पन्न हुने योजनाहरूको मूल्याङ्कनपछि भुक्तानी प्रक्रिया बढ्दा सोचे अनुरुप नभए पनि खर्चको दर बढ्ने छ,’ उनले भने ।

राजस्व संकलन पनि न्यून
प्रदेश सरकारको चैत मसान्तसम्मको आम्दानी पनि कमजोर देखिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक राजस्व सङ्कलनबाट प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा ६०.२९ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ६३ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।
९ महिनासम्म आइपुग्दा प्रदेश सरकारले जम्मा ४३ प्रतिशत अर्थात् २७ अर्ब ९९ करोड ३८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । मन्त्रालयका अनुसार प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकबाट ५३.६१ प्रतिशत अर्थात् ८ अर्ब ३४ करोड ९३ लाख ८० हजार अनुदान प्राप्त भएको छ ।

यस्तै प्रदेश सरकारले राजस्व बाँडफाँटबाट चालु आर्थिक वर्षमा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेकोमा चैत मसान्तसम्म ५६.६४ प्रतिशत अर्थात् १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँमात्रै प्राप्त भएको छ ।

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा ६०.२९ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ६३ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म जम्मा १.१२ प्रतिशत अर्थात् १६ करोड ५८ लाख ४७ हजार रुपैयाँमात्रै प्राप्त गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...