१६ वैशाख, हेटौँडा । कृषि विकास कार्यालय चितवनले मकवानपुर र चितवन जिल्लाका ५० जना युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रम अन्तर्गत चिउरीखेती गर्न प्रोत्साहन कार्यक्रममा सहभागी गराइएको छ ।
गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवम् पिछडिएका जातजाति, बाहुल्य संख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यो कार्यक्रममा सहभागी गराएको हो ।
कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गएको आर्थिक वर्षमा ३० र चालू वर्ष २० जना गरी दुई जिल्लका ५ जना युवालाई कार्यक्रममा सहभागी गराइएको पौडेलले जानकारी गराए ।
उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराएको पौडेलको भनाई छ । मकवानपुर र चितवनका चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्रमा चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गर्ने उदेश्यले चिउरीखेती सम्बन्धि तालिम गराइएको हो ।
कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति एक लाख नबढाइ ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ । कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ । यो कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने प्रमुख कँडेलको विश्वास छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।