राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

१७ वैशाख, हेटौँडा । प्रत्येक वर्ष चट्याङको प्रकोपबाट जनधनको क्षति व्यहोर्दै आएको आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चटु्याङको पूर्व सूचना दिने यन्त्रसहितको साइरन जडान गरिने भएको छ । चट्याङकका कारण राक्सिराङमा बर्सेनि स्थानीयको मृत्यु तथा घाइते हुनुका साथै पशुचौपाय र भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ । यसवर्षको सुरुवातमै पनि राक्सिराङ ८ धुसबगरमा चट्याङ लागेर दुइ जना घाइते भएका थिए ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङको पूर्व सूचना दिने गाउँपालिकालाई मंगलबार नै हस्तान्तरण गरेको छ । गाउँपालिकालाई एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण प्रदान गरिएको छ ।

उक्त यन्त्र जडान गरेसँगै चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनले राक्सिराङ चट्याङको उच्च जोखिम क्षेत्र भएकाले यस्ता खाले प्रविधिको मद्दतबाट चट्याङ सम्बन्धि पूर्व जानकारी पाउँदा सर्वसाधरणलाई सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुने विश्वास व्यक्त गरे ।

साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष एवं अनुसन्धानकर्ता श्रीराम शर्माले उक्त यन्त्र दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि राक्सिराङमा जडान गरिएको जानकारी दिए । उनले यन्त्रले चट्याङका बारेमा दिने पूर्वसूचनाका बारेमा समेत जानकारी गराएको थिए ।

अध्यक्ष शर्माका अनुासर उक्त यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ । उनले यसअघि नगरकोटमा पनि उक्त यन्त्रको सफल परीक्षण गरिएको बताए । ‘यो प्रणालीले चट्याङ पर्नुभन्दा करिब १६ मिनेटअघि नै पूर्वसूचना दिन्छ । जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्छ,’ उनले भने ।

प्राविधिक टोलीका अनुसार पालिकाको वडा नम्बर १ को राम्चे, वडा २ र ३ को सिमानामा पर्ने भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन राखिने जानकारी दिए । यस्तै वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज