राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान गरिने

१७ वैशाख, हेटौँडा । प्रत्येक वर्ष चट्याङको प्रकोपबाट जनधनको क्षति व्यहोर्दै आएको आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चटु्याङको पूर्व सूचना दिने यन्त्रसहितको साइरन जडान गरिने भएको छ । चट्याङकका कारण राक्सिराङमा बर्सेनि स्थानीयको मृत्यु तथा घाइते हुनुका साथै पशुचौपाय र भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ । यसवर्षको सुरुवातमै पनि राक्सिराङ ८ धुसबगरमा चट्याङ लागेर दुइ जना घाइते भएका थिए ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङको पूर्व सूचना दिने गाउँपालिकालाई मंगलबार नै हस्तान्तरण गरेको छ । गाउँपालिकालाई एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण प्रदान गरिएको छ ।

उक्त यन्त्र जडान गरेसँगै चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उनले राक्सिराङ चट्याङको उच्च जोखिम क्षेत्र भएकाले यस्ता खाले प्रविधिको मद्दतबाट चट्याङ सम्बन्धि पूर्व जानकारी पाउँदा सर्वसाधरणलाई सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुने विश्वास व्यक्त गरे ।

साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष एवं अनुसन्धानकर्ता श्रीराम शर्माले उक्त यन्त्र दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि राक्सिराङमा जडान गरिएको जानकारी दिए । उनले यन्त्रले चट्याङका बारेमा दिने पूर्वसूचनाका बारेमा समेत जानकारी गराएको थिए ।

अध्यक्ष शर्माका अनुासर उक्त यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ । उनले यसअघि नगरकोटमा पनि उक्त यन्त्रको सफल परीक्षण गरिएको बताए । ‘यो प्रणालीले चट्याङ पर्नुभन्दा करिब १६ मिनेटअघि नै पूर्वसूचना दिन्छ । जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्छ,’ उनले भने ।

प्राविधिक टोलीका अनुसार पालिकाको वडा नम्बर १ को राम्चे, वडा २ र ३ को सिमानामा पर्ने भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन राखिने जानकारी दिए । यस्तै वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...