राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

१९ वैशाख, हेटौँडा । शुक्रबारबाट हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा चितवनले विजय सुरुवात गरेको छ । आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितसँगै चितवन सेमिफाइनलमा पुगेको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ६ स्थित गौरीटार रंगशालको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता बनाएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् ।

मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् । गोल खाए लगत्तै मकवानपुर १० खेलाडीमा सिमित बनेको थियो । मकवानपुरका खुसाना राईले चितवनकी गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रेफ्रीले राईलाई रातोकार्ड दिएका थिए ।

१० खेलाडीमा सिमित भएको मकवानपुरले खेलको अन्तिम मिनेटमा सजिना स्याङ्तानको गोल मार्फत खेललाई एक÷एकको बराबरीमा फर्काउन सफल भएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । शुक्रबारको खेलको म्यान अफ द म्याच चितवनका अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरेकी छन् । जारी प्रतियोगितामा शनिबार बाराको नवजनजागृति क्लव सिमरा र संकटा क्लवको खेल हुनेछ ।

यसअघि मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिताको हेटौँडाकी प्रमुखर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै लामाले खेलकुदसहित उपमहानगरपालिकाको सर्वाङ्गीण विकासमा लागिपरेको बताइन् ।

‘नगर खेलकुद विकास समितिमार्फत हामीले सकेसम्म सबै खेललाई समेटेर विभिन्न प्रतियोगिता गरिरहेका छौं । विभिन्न संघले आयोजना गर्ने प्रतियोगितालाई पनि बजेटको व्यवस्था गरिरहेका छौं’, उनले भनिन्, ‘यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यस वर्ष महिला गोल्डकप गरेको हो । प्रतियोगितामा २ विभागीय टोली, एउटा ए डिभिजन टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ सहित संकटा क्लव तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...