नेपालको राजनीतिमा दलाल र पुँजीपति हावीः नन्दकिशोर पुन

२३ बैशाख, हेटौँडा । नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको राजनीतिमा दलाल र पुँजीपति हावी भएको आरोप लगाएका छन् । उलने दलाल पुँजीपतिहरुका कारण अहिले देशको अवस्था डामाडोल भएको दावी गरे ।

सोमबार हेटौँडामा भएको योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौ जिल्ला सम्मेलनमा बोल्दै उनले दुईतिहाईको सरकारको संरक्षण्का कारण दलाल पुँजीपतिहरुको हालीमुहाली र मनोबल उच्च भएको बताए । भ्रष्टाचारीहरुलाई कारबाही गर्नुको सट्टा वर्तमान सरकारले विभिन्न माध्यमबाट पुरस्कृत गरेको उनको दावी छ ।

‘भ्रष्टचारीहरुलाई कारवाही गर्नुको सट्टा सरकार आफै तिनको संरक्षणमा लागेको छ,’ उनले भने, ‘यस्तो लाग्छ वर्तमान सरकार नागरिकका लागि नभई भ्रष्टाचारी, दलाल, पुँजीपति र विचौलियाहरुको संरक्षणको बनेको हो ।’

उपाध्यक्ष पुनले देश अदृश्य शक्तिहरुको घेराबन्दीमा परेको उल्लेख गर्दै उनीहरुकै इसारामा देशको अर्थतन्त्र नाजुक अवस्थामा पु¥याइएको दावी गरे । सरकार, न्यायपालिका सबैतिर त्यस्ता अदृष्य शक्तिहरु व्यापक रुपमा फैलिएको उनले जिकिर गरे । देशको राष्ट्रियतामाथि नै खतरा हुनेगरी कांग्रेस र एमालेले ती शक्तिहरुसँग साँठगाँठ गरेको उपाध्यक्ष पुनले आरोप लगाए ।

आफु दुई पटक उपराष्ट्रपति हुँदा ति सञ्जालहरुलाई चिनेको दाबी गर्दैै उनले देश बचाउन त्यस्ता अदृश्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताए । त्यसका लागि माओवादी घटकहरु पुनः एक ठाउँमा फर्कनुपर्ने उनको भनाई छ । संघिय लोकतान्त्रिक गणतन्त्र माओवादीको एजेण्डा भएको भन्दै उनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीकै भएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...