भारतद्वारा पाकिस्तानमा हवाई आक्रमणः सात जनाको ज्यान गयो

२४ बैशाख, हेटौँडा । भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ । अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ । गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए० ले अनुसन्धान गरिरहेको छ ।

यही आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप खस्किएको छ । भारत–प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहँदा हजारौंले ज्यान गुमाएका छन् । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् ।

पाकिस्तानमा गरेको आक्रमणबारे अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलाई जानकारी दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । आक्रमणका कारण उत्तरी भारतको हवाई उडानहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज