सरकारी उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रको ध्यानाकर्षण

२६ बैशाख, हेटौँडा । हेटौंडा सिमेण्ट लगायत सरकारी स्वामित्वको उद्योग निजीकरण नगर्न माग राख्दै नेकपा माओवादी केन्द्र मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हेटौंडा सिमेन्ट उद्योग लगायतका सरकारी स्वामित्वको उद्योग निजीकरण गर्ने सरकारको निर्णय विरुद्ध विरोध प्रदर्शन समेत गरेको माओवादीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको हो ।

बिहिबार हेटौंडा २ स्थित मानसचोकबाट सरकारको निर्णय विरुद्धमा माओवादी केन्द्र मकवानपुर इन्चार्ज विजय गौतमको नेतृत्वको टोलीले प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौंडा सिमेन्ट उद्योग लगायत अन्य सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णय गरेको थियो ।

एकातिर बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग लगायत पुनः सञ्चालनको माग र पहल भैरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटांैडा सिमेन्ट उद्योग लगायत सरकारी उद्योगहरुको निजीकरणको प्रयत्न अत्यन्त खेदजनक रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । यसले वर्तमान सरकार जनता र राष्ट्रको हितमा भन्दापनि मुठ्ठीभरका विचौलियाको हितमा सक्रिय रहेको भन्ने प्रष्ट भएको माओवादीका जिल्ला इन्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रीनद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

सरकारको कुनियत र कुप्रयासको भत्र्सना गर्दै हेटौडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न माग गरिएको जिल्ला संयोजक पाख्रीनले बताए । वि.सं २०३२ सालमा स्थापना भएर २०४४ सालदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको हेटौडा सिमेन्ट उद्योग लिमिटेड हाल व्यवस्थापनको चरम लापरवाही र कमिसनमुखी प्रवृत्तिको कारण जर्जर अवस्थामा पुगेको माओवादीको आरोप समेत छ ।

निजी उद्योगहरुले सिन्डकेटको तरिकाले सिमेन्टको मूल्य अस्वभाविक रुपमा प्रति बोरा दुई सय रुपैयाँ भन्दा बढी बढाउँदा समेत वर्तमान सरकार मुकदर्शक मात्रै बनिरहेको माओवादीका नेताहरुको भनाई छ । सरकारलाई यसरी मनलाग्दी ढंगले अघि बढ्ने छुट र जनादेश नरहेको उनीहरुको चेतावनी छ ।

कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवम् हेटौंडा उपमाहानगर इन्चार्ज प्रल्हाद लामिछाने, जिल्ला सचिव वीरबहादुर घलान (ज्वाला), प्रदेश सदस्य विवेक राई, हेटौंडा उपमहानगरपालिका अध्यक्ष प्रदिप अर्याल, अखिल क्रान्तिकारी अध्यक्ष वुद्धराज अर्याल, वाइसीएल अध्यक्ष मुक्ती लामा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज