सरकारी उद्योग निजीकरणको विरोधमा माओवादी केन्द्रको ध्यानाकर्षण

२६ बैशाख, हेटौँडा । हेटौंडा सिमेण्ट लगायत सरकारी स्वामित्वको उद्योग निजीकरण नगर्न माग राख्दै नेकपा माओवादी केन्द्र मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हेटौंडा सिमेन्ट उद्योग लगायतका सरकारी स्वामित्वको उद्योग निजीकरण गर्ने सरकारको निर्णय विरुद्ध विरोध प्रदर्शन समेत गरेको माओवादीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको हो ।

बिहिबार हेटौंडा २ स्थित मानसचोकबाट सरकारको निर्णय विरुद्धमा माओवादी केन्द्र मकवानपुर इन्चार्ज विजय गौतमको नेतृत्वको टोलीले प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौंडा सिमेन्ट उद्योग लगायत अन्य सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णय गरेको थियो ।

एकातिर बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग लगायत पुनः सञ्चालनको माग र पहल भैरहेको सन्दर्भमा चालु अवस्थामा रहेको हेटांैडा सिमेन्ट उद्योग लगायत सरकारी उद्योगहरुको निजीकरणको प्रयत्न अत्यन्त खेदजनक रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । यसले वर्तमान सरकार जनता र राष्ट्रको हितमा भन्दापनि मुठ्ठीभरका विचौलियाको हितमा सक्रिय रहेको भन्ने प्रष्ट भएको माओवादीका जिल्ला इन्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रीनद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

सरकारको कुनियत र कुप्रयासको भत्र्सना गर्दै हेटौडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रुपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न माग गरिएको जिल्ला संयोजक पाख्रीनले बताए । वि.सं २०३२ सालमा स्थापना भएर २०४४ सालदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको हेटौडा सिमेन्ट उद्योग लिमिटेड हाल व्यवस्थापनको चरम लापरवाही र कमिसनमुखी प्रवृत्तिको कारण जर्जर अवस्थामा पुगेको माओवादीको आरोप समेत छ ।

निजी उद्योगहरुले सिन्डकेटको तरिकाले सिमेन्टको मूल्य अस्वभाविक रुपमा प्रति बोरा दुई सय रुपैयाँ भन्दा बढी बढाउँदा समेत वर्तमान सरकार मुकदर्शक मात्रै बनिरहेको माओवादीका नेताहरुको भनाई छ । सरकारलाई यसरी मनलाग्दी ढंगले अघि बढ्ने छुट र जनादेश नरहेको उनीहरुको चेतावनी छ ।

कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवम् हेटौंडा उपमाहानगर इन्चार्ज प्रल्हाद लामिछाने, जिल्ला सचिव वीरबहादुर घलान (ज्वाला), प्रदेश सदस्य विवेक राई, हेटौंडा उपमहानगरपालिका अध्यक्ष प्रदिप अर्याल, अखिल क्रान्तिकारी अध्यक्ष वुद्धराज अर्याल, वाइसीएल अध्यक्ष मुक्ती लामा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...