हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मनायो १२ औं वार्षिक उत्सव

८ जेठ, हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले बिहीबार १२ औं वार्षिक उत्सव मनाएको छ । बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता एवं हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वार्षिक उत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने बोर्डका कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको छ । यस्तै नियमित महसुल तिर्ने उपभोक्ता, पानी चुहावटको सूचना दिने व्यक्तिहरू, स्वयंसेवी ट्यांकी सञ्चालकहरू तथा पहिलो उपभोक्ता समितिका अध्यक्षलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले नागरिक प्रतिको उत्तरदायित्वविहीन संरचना दीर्घकालीन रुपमा टिक्न नसक्ने दावी गरिन् । उनले राज्यका सबै निकायहरू जनताको अपेक्षा अनुसार जिम्मेवार बन्नुपर्ने बताइन् । विकास निर्माण तथा सेवा प्रवाहको काममा गम्भीरता अपनाउनुपर्ने उल्लेख गर्दै मेयर लामाले राजनीतिक नेतृत्व र प्रशासनले नागरिक समस्या समाधानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

’सहज सेवा, पारदर्शिता र सुशासनसहित काम गर्नुपर्छ,’ उनले भनिन्, ’राज्यका संरचनाहरू समन्वय र सहकार्यमार्फत जनतालाई सेवा दिन सक्षम हुनु आवश्यक छ।’ मेयर लामाका अनुसार हेटौंडा उपमहानगरपालिका नागरिकको खानेपानी अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय छ । गरिब, विपन्न वर्गका नागरिकलाई न्यूनतम महसुलमा खानेपानी सेवा उपलब्ध गराउन बोर्डमार्फत पहल भइरहेको उनले बताइन् । खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश र अन्य निकायसँग सहकार्य गर्दै स्रोत पहिचान, संरक्षण र संरचना निर्माणमा काम भइरहेको पनि उनले जानकारी दिइन् ।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको बताए । स्रोत संरक्षण, विस्तार तथा रिचार्ज पोखरी निर्माणका लागि योजना अगाडि बढाइएको उनको भनाई छ । उनका अनुसार बोर्डले दैनिक ३ करोड ७० लाख लिटर पानी उत्पादन गर्दै २८ हजार ४६३ धारामार्फत ८–९ घण्टा सेवा दिइरहेको छ। ३९ वटा डिप ट्युववेल र १५ वटा समवेलबाट उत्पादित पानी ६२८ किलोमिटर पाइपलाइनमार्फत वितरण भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोर्डले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित कर्मचारीहरू सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र सञ्जीव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद बस्ताकोटी, भूपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकीदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै नियमित तथा अधिक खानेपानी महसुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजात पथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेल धापका लक्षबहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको थियो ।

बोर्डले पानी लिकेज चुहावटसम्बन्धी सूचना दिने तथा सरोकारवालाहरूबिच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरू हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई सम्मान गरिएको थियो । हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पे डाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानको हेटौँडास्थित कार्यालय बोर्डमा हस्तान्तरणपछि बोर्डमा हस्तान्तरण भएको पहिलो उपभोक्ता समिति हेटौँडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, हेटौडा ११ का वडाध्यक्ष जुना दाहाल, हेटौडा २ का वडा अध्यक्ष कृष्ण गोपाल महर्जन, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सवमा बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...