९ जेठ, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले ‘मातृभूमि साहित्य महोत्सव–२०८२’ यही जेठ १५ र १६ गते हेटौंडामा आयोजना गर्ने भएको छ। बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले दुई दिने महोत्सवको बारेमा जानकारी दिएको हो ।
मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक हयग्रीव आचार्यले महोत्सवको पहिलो दिन ‘हाम्रो नगर, पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर’ शीर्षकमा बहस हुने जानकारी दिए ।
उनका अनुसार सोही दिन ‘साहित्य, सिर्जना, संवाद र सञ्चार’ र ‘साझा सरोकार: प्रतिलिपि अधिकार’ विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ। यस्तै सोही दिन ‘कविता, जीवन र समाज’ शीर्षकमा परिसंवाद र कविता वाचनको कार्यक्रमसमेत हुने समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक आचार्यले बताए ।
महोत्सवको दोस्रो दिन सात जना स्रष्टालाई विभिन्न सम्मान प्रदान गरिने संस्थाका सचिव किसन पौडेलले जानकारी दिए । उनका अनुसार यसपालिको मायादेवी मातृभूमि पुरस्कार २०८० काठमाडौंकी गीता रेग्मीलाई प्रदान गरिनेछ। रुकु कार्कीले आमाको नाममा स्थापना गरेको पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, धरानका चन्द्र गुरुङलाई राजकुमार स्मृति मातृभूमि सम्मान २०८० बाट तथा रौतहटका माधव काफ्लेलाई क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८० बाट नगद १५/१५ हजार रुपैयाँसहित सम्मान गरिनेछ।
यसैगरी महोत्सवका संयोजक आचार्यले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेको होमनाथ बलदेवी छन्द साहित्य सम्मान २०८१ बाट संदेश सत्याललाई समान गरिने छ । त्यसैगरी, रजनी ज्ञवाली मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२ बाट, वरिष्ठ पत्रकार प्रताप विष्ट मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१ बाट सम्मानित हुने छन् ।
साथै, झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन संघर्ष प्रोत्साहनवृत्ति २०८० बाट हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।