जेठ १५ र १६ गते हेटौंडामा मातृभूमि साहित्य महोत्सव हुने 

९ जेठ, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले ‘मातृभूमि साहित्य महोत्सव–२०८२’ यही जेठ १५ र १६ गते हेटौंडामा आयोजना गर्ने भएको छ। बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले दुई दिने महोत्सवको बारेमा जानकारी दिएको हो ।

मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक हयग्रीव आचार्यले महोत्सवको पहिलो दिन ‘हाम्रो नगर, पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर’ शीर्षकमा बहस हुने जानकारी दिए ।

उनका अनुसार सोही दिन ‘साहित्य, सिर्जना, संवाद र सञ्चार’ र ‘साझा सरोकार: प्रतिलिपि अधिकार’ विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ। यस्तै सोही दिन ‘कविता, जीवन र समाज’ शीर्षकमा परिसंवाद र कविता वाचनको कार्यक्रमसमेत हुने समाजका पूर्वअध्यक्ष तथा महोत्सव संयोजक आचार्यले बताए ।

महोत्सवको दोस्रो दिन सात जना स्रष्टालाई विभिन्न सम्मान प्रदान गरिने संस्थाका सचिव किसन पौडेलले जानकारी दिए । उनका अनुसार यसपालिको मायादेवी मातृभूमि पुरस्कार २०८० काठमाडौंकी गीता रेग्मीलाई प्रदान गरिनेछ। रुकु कार्कीले आमाको नाममा स्थापना गरेको पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी, धरानका चन्द्र गुरुङलाई राजकुमार स्मृति मातृभूमि सम्मान २०८० बाट तथा रौतहटका माधव काफ्लेलाई क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८० बाट नगद १५/१५ हजार रुपैयाँसहित सम्मान गरिनेछ।

यसैगरी महोत्सवका संयोजक आचार्यले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेको होमनाथ बलदेवी छन्द साहित्य सम्मान २०८१ बाट संदेश सत्याललाई समान गरिने छ । त्यसैगरी, रजनी ज्ञवाली मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२ बाट, वरिष्ठ पत्रकार प्रताप विष्ट मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१ बाट सम्मानित हुने छन् ।

साथै, झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन संघर्ष प्रोत्साहनवृत्ति २०८० बाट हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...