तनहुँको मादी पुलमा जिप दुर्घटना, तीन जनाको मृत्यु

११ जेठ, हेटौँडा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा व्यास नगरपालिका–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

जिपमा पाँच जना सवार रहेकोमा बाँकी दुई जना घाइते भएका छन् । तीमध्ये एकको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । अर्को घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...