१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा मकवानपुरको भीमफेदीस्थित कारागारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कैदीबन्दी र सुरक्षाकर्मीहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय र स्वास्थ्य मन्त्रालयको आयोजनामा तथा कारागार कार्यालय भीमफेदीको समन्वयमा बुधबार उक्त शिविर सञ्चालन गरिएको हो । कारागार प्रशासक सुवास पौडेलका अनुसार शिविरमा हाडजोर्नी तथा नसा, छाला रोग, क्षयरोग, मनोचिकित्सा, स्त्रीरोग, आन्तरिक चिकित्सा, आयुर्वेद, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो।
आठ जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य शिविरमा कुल ५०२ जना सुरक्षाकर्मी र कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, स्वास्थ्य मन्त्री किरण थापा मगर, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतको उपस्थिति रहेको थियो।
शिविरसँगै विपद् व्यवस्थापनका लागि उद्धार सामग्री तथा खेलकुद सामग्रीहरू पनि कारागारलाई हस्तान्तरण गरिएको थियो । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूको पहलमा हेटौँडामा वृक्षरोपण, रक्तदान लगायतका विविध कार्यक्रमहरूको आयोजना गरिएको थियो।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।