१५ जेठ, हेटौँडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रको सही अभ्यासमार्फत समावेशी, न्यायपूर्ण र सशक्त समाज निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा ‘गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई हरेक कोणबाट सवल र सक्षम बनाउन हामीबाट इमान्दार प्रयत्न हुन जरूरी छ ।’ उल्लेख गरिएको छ ।
डा. कोइरालाले समाजमा व्याप्त निराशालाई सकारात्मक कर्म र आपसी सहकार्यको वातावरणबाट चिर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । ‘नागरिकमा व्याप्त नैराश्यतालाई हाम्रा सत्कर्मले चिर्दै, आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गर्न सक्ने समाज निर्माणको पथमा हिँड्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा दिनेछ,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।
उनले गणतन्त्रलाई केवल राजनीतिक परिवर्तनको रूपमा नभई सामाजिक न्याय, समान अवसर र उत्तरदायित्वसहितको शासन प्रणालीको अभ्यासका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । गणतन्त्र दिवसले सम्पूर्ण नागरिकमा लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रिय एकता र सहिष्णुताको भावना सुदृढ हुँदै जानुपर्नेमा पनि डा. कोइरालाले जोड दिएका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।