गणतन्त्र संस्थागत गर्दै समृद्धिको मार्गमा लैजानु आजको आवश्यकता स् प्रदेश प्रमुख देवकोटा

१४ जेठ, हेटौँडा । गणतन्त्र दिवस २०८२ को शुभकामना व्यक्त गर्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको बताएका छन् ।

शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि प्राणको आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनआन्दोलन ०६२र६३ को सफलतासँगै मुलुकमा स्थापना भएको गणतन्त्र नेपाली जनताको संघर्ष, बलिदान र अथक प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको एक महत्त्वपूर्ण उपलब्धि हो । जसले जनतालाई सार्वभौमसम्पन्न बनाउँदै राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रदेश प्रमुख देवकोटाले गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध भई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट सुशासन र समृद्धि सम्भव हुने भन्दै व्यवस्थागत परिवर्तनभन्दा अवस्थागत परिवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘आजको युवापुस्तालाई आन्दोलन होइन, विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ,’ उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, ‘गणतन्त्रको मूल मर्म जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायित्वमा आधारित शासन प्रणाली हो भन्ने कुराको स्मरण आवश्यक छ ।’

प्रदेश प्रमुख देवकोटाले युवामा बढ्दो निराशा अप्रिय भएको भन्दै कमी–कमजोरी सच्याएर देशलाई द्रुत विकासको लयमा अघि बढाउनुपर्ने भन्दै सहिदहरूको सहादत, घाइतेहरूको आहत र पीडित परिवारप्रति उपेक्षा गर्नु अक्षम्य हुने भन्दै परिणाममुखी कार्यले मात्र विश्वास जित्न सकिने धारणा राखेका छन् । सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले गणतन्त्र दिवसजस्ता विशेष दिनहरूले लोकतान्त्रिक गणतन्त्रका हिमायती जनतालाई अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुन प्रेरित गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...