६ असार, पोर्चगल । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुई वर्षे कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा एन बी अन्जान अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा सागर शाह, उपाध्यक्षमा उर्मिला कार्की, महासचिवमा मणिराज गौतम, सचिवमा ऋतुशला लामा, कोषाध्यक्षमा मुना नेउपाने निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला चयन भएका छन् । अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशन सम्पन्न गर्न निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति रहेको थियो ।
निर्विरोध निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिव लगायतले शुभकामना व्यक्त गरेका थिए । आफ्नो कार्यकालमा सबै सदस्यहरुले सहयोग गरि सम्पन्न भएको र अधिवेशन सौह्रद्रपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।