दैलेखको मिथेन ग्यास र आयात विस्थापन गर्ने आशा

६ असार, हेटौंडा । नेपालले खाना पकाउने ग्यास आयातमै हरेक वर्ष ५० अर्ब रुपैयाँभन्दा बढी विदेश पठाउँदै आएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो ५ वर्षमा मात्रै २५ लाख १ हजार ८ सय टन ग्यास आयात गर्न २ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरिएको छ।
तर, यति बेलामा दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डारण फेला परेको पुष्टि भएपछि ग्यास आयात विस्थापन गरी स्वदेशमै उत्पादन तथा निर्यात गर्न सकिने आशा पलाएको छ।

२०७८र७९ को तुलनामा २०७९÷८० मा ग्यास आयात सामान्य मात्र घटेको भए पनि समग्रमा ग्यास खपतको दर बढ्दो रहेको छ। ूगाउँगाउँसम्म ग्यास प्रयोग विस्तार हुँदा खपत र आयात दुवै बढेको छ ।

भन्सार विभागका अनुसार २०७९÷८० मा ५ लाख १४ हजार ७१७ टन ग्यास आयात गर्न ५८ अर्ब १ करोड रुपैयाँ खर्च भएको थियो। अघिल्लो वर्ष २०७८÷७९ मा ५ लाख ३६ हजार २२ टन ग्यास आयात गर्दा ६५ अर्ब ५ करोड रुपैयाँ गएको थियो। हाल मासिक रूपमा ४८ देखि ५० हजार टन ग्यास खपत भइरहेको निगमको भनाइ छ।

ग्यास भारतका विभिन्न रिफाइनरी र डिपोहरू पारादीप, बरौनी, हल्दिया, मथुरा, दुर्गापुरबाट आयात हुन्छ। झन्डै ७ सय भारतीय बुलेटहरूबाट ढुवानी हुँदै आएको छ, जसका लागि मात्रै वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी भारत जान्छ। यो क्रम करिब ४४ वर्षदेखि चलिरहेको छ।

यस अवस्थालाई परिवर्तन गर्न निगमले मोतिहारी–पथलैया–सर्लाहीसम्म एलपी ग्यास पाइपलाइन बनाउने योजना अघि बढाएको छ। इन्डियन आयल कर्पोरेशन लिमिटेडले विस्तृत इन्जिनियरिङ अध्ययन गरेर प्रतिवेदनसमेत बुझाइसकेको निगमले जनाएको छ।

दैलेखमा मिथेन ग्यासको सम्भावना
दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएसँगै यसको उत्खनन् र प्रशोधनबारे चासो बढेको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार यो ग्यासलाई प्रशोधन गरी खाना पकाउने ग्यासमा रूपान्तरण गर्न सकिन्छ।

स्वदेशमै मिथेन ग्यास भेटिनु सकारात्मक संकेत हो, तर त्यसलाई प्रशोधन गर्न रिफाइनरी आवश्यक पर्छ,ू घिमिरेले भने। कार्यकारी निर्देशक भट्टले पनि ग्यासमा रहेको विभिन्न मिश्रण हटाएर शुद्ध बनाउनुपर्ने बताए। उनका अनुसार विस्तृत प्रतिवेदनपछि मात्रै प्रशोधन प्लान्ट निर्माण र व्यावसायिक प्रयोग सम्भव हुनेछ।

उच्च प्रेसर, महँगो सिलिन्डर
मिथेन ग्यासको प्रेसर एलपी ग्यासभन्दा उच्च हुने भएकाले यसलाई प्रयोग गर्न विशेष सिलिन्डर वा पाइपलाइन आवश्यक पर्छ। ूउच्च प्रेसरका कारण सिलिन्डर दोब्बर महँगो पर्छ,ू भट्टले बताए। तर औद्योगिक प्रयोग वा मल कारखाना सञ्चालनका लागि यो ग्यास प्रभावकारी विकल्प हुन सक्ने उनले बताए। हाल वार्षिक २८ अर्बभन्दा बढी रकम मल आयातमा खर्च हुँदै आएको छ।
ग्यास प्रशोधनका लागि विस्तृत अध्ययन, लागत मूल्यांकन, आवश्यक पूर्वाधार निर्माणलगायतमा सरकार गम्भीरताका साथ लागेमा दैलेखको मिथेनले स्वदेशी उत्पादनको ढोका खोल्न सक्छ। यसले आयात प्रतिस्थापन, व्यापार घाटा कम गर्ने मात्र नभई रोजगारी सिर्जना र स्वदेशी ऊर्जा सुरक्षामा समेत योगदान पुर्‍याउन सक्ने विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...