पत्रकारमाथि गरिएको अवरोधप्रति प्रेस युनियन मकवानपुरको गम्भीर ध्यानाकर्षण

६ असार, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको पेशागत कार्यमा गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रवेश गर्न रोकिएको र दृश्य खिच्न नदिइएको घटना प्रति प्रेस युनियन मकवानपुरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको ठहर गर्दै विरोध जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हेटौँडाका जनप्रतिनिधिमाथि भएको घटनासँग सम्बन्धित नेपाली कांग्रेसको ध्यानाकर्षण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्य गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका पत्रकारहरु पुगेका थिए । प्रशान कार्यलयमा उनीरुहरुलाई प्रवेश गर्न र फोटो तथा भिडियो संकलनमा रोक लगाइएको थियो ।

यस घटनालाई लिएर नेपाल प्रेस युनियन मकवानपुरले विज्ञप्ति जारी गर्दै तीव्र भत्र्सना गरेको हो । युनियनले सार्वजनिक पदमा बसेका पदाधिकारीहरुले नागरिकका सरोकारका विषयमा जानकारी दिनुपर्ने दायित्व पूरा गर्नुको सट्टा पत्रकारहरुलाई पेशागत कार्य गर्न रोक लगाउनु संविधान र सञ्चार ऐन विपरीत भएको जनाएको छ

प्रेस युनियनले संविधानमै सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार तथा निष्पक्ष प्रेसको प्रत्याभूति सुनिश्चित गरिएको स्मरण गराएको छ। साथै, सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानअनुसार पेशागत कार्यमा अवरोध पु¥याउने कार्य दण्डनीय अपराध मानिएको पनि विज्ञप्तिमा उल्लेख छ।

युनियनका अध्यक्ष सुवास बिहारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीसमक्ष पत्रकारहरुको सुरक्षा र मर्यादा सुनिश्चित गर्दै प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...