जिल्ला प्रशासन मकवानपुरमा पत्रकारलाई दृश्य खिच्न रोक

६ असार, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार पत्रकारहरूलाई दृश्य खिच्न रोक लगाइएको छ। जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीनवटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० स्किम श्रेष्ठको कार्यकक्षमा जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को ज्ञापनपत्र र कांग्रेस मकवानपुरको ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम आयोजना गरिएको थियो।
तर, उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका करिब एक दर्जन पत्रकारलाई सुरक्षा गार्डमार्फत कार्यकक्ष प्रवेशमा नै रोक लगाइएको हो।

तर, प्रमुख जिल्ला अधिकारीका पिएसओले उनीहरूलाई प्रवेशमा रोक्दै दृश्य खिच्नसमेत नदिने जानकारी दिएका थिए। कार्यकक्षभित्र प्रवेश पाएका केही पत्रकारले दृश्य खिच्न खोज्दा प्रजिअ श्रेष्ठ आफैँले नखिच्न निर्देशन दिएकी थिइन्।

यसबारे केही बेर भनाभनसमेत भएको थियो। पत्रकारहरूले सहज रूपमा समाचार संकलन र दृश्य कैद गर्ने अधिकार माग गरे पनि श्रेष्ठले मौन बस्दै कार्यक्रम अगाडि बढाएकी थिइन्। अन्ततः पत्रकारहरूको क्यामेरा र मोबाइल बन्द गराएपछि मात्र कार्यक्रम सञ्चालन गरिएको थियो।

घटनाप्रति प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ। युनियनका अध्यक्ष सुवास बिडारीले प्रशासनको यस व्यवहारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको बताएका छन्।

‘सरकारी कार्यालयमा समाचार संकलन गर्न रोक लगाउनु र दृश्य खिच्न अवरोध गर्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो,’ अध्यक्ष बिडारीले भने, ‘प्रशासनले यस्ता गतिविधि तत्काल रोक्नुपर्छ र प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्छ।’ उनले घटनाबारे गम्भीर ध्यानाकर्षण जनाउँदै थप छानबिनको मागसमेत गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...