अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसायका सामग्री सहयोग

६ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार केन्द्रसँगको समन्वयमा ती परिवारलाई बाख्रा, बंगुर र मौरीको घार वितरण गरेको हो।

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगर प्रमुख मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, पाँच परिवारलाई मौरीको घार र दुई परिवारलाई बंगुर वितरण गरेकी हुन्। नगर प्रमुख लामाले सहयोगलाई ‘बिउपुँजी’को रूपमा लिँदै त्यसको सदुपयोग गर्दै व्यवसाय विस्तारतर्फ लाग्न आग्रह गरिन्।

‘बिउलाई मास्ने होइन, विस्तार गर्दै लैजानेतर्फ लाग्न जरुरी छ,’ उनले भनिन्, ‘शारीरिक रूपमा अशक्त भए पनि घरमै बसेर दिगो आयआर्जनमा लाग्न सक्नु खुसीको कुरा हो। मिहिनेत गर्नेहरूका लागि उपमहानगरपालिका आफैँ पनि सघाउन तयार छ।’

सहयोग कार्यक्रमअन्तर्गत उपमहानगरले कुल लागतको ५० प्रतिशत व्यहोरेको छ। अनुदानस्वरूप ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा मौरीको घार र चारवटा गोठ निर्माणका लागि सामग्री वितरण गरिएको अपांगता सरोकार केन्द्रले जनाएको छ। कार्यक्रमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र दिगो आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले बताए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...