हेटौँडाका करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’बाट खाजा वितरण सुरु

१० असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका चारवटा वडाका नौ विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीका लागि ‘मेघा किचन’मार्फत दिवाखाजा वितरण सुरु गरिएको छ। विद्यार्थीलाई पोषणयुक्त खाजा प्रदान गर्ने उद्देश्यले संघीय सरकारको बजेटमा सञ्चालनमा ल्याइएको ‘मेघा किचन’ हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।

उपमहानगरपालिकाका वडा नम्बर ६, १६, १७ र १८ मा पर्ने बालबोध, बंशगोपाल, जनप्रीय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खाजा वितरण गरिने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।

खाजा व्यवस्थापनका लागि बालबोध माविका व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको नेतृत्वमा विशेष ‘मेघा किचन व्यवस्थापन समिति’ गठन गरिएको छ। किचन सञ्चालनका लागि संघीय सरकारले चालू आर्थिक वर्ष ०८१÷८२ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यद्यपि, बजेट चैत्र महिनामै आए पनि आन्तरिक तयारीका कारण हाल मात्रै किचन सञ्चालनमा आएको नगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ। महाशाखाको राष्ट्रिय मापदण्डअनुसार हप्ताको विद्यालय सञ्चालन हुने ६ दिन ६ प्रकारका फरक–फरक खाजा तयार पारिनेछ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पोषणयुक्त, स्वच्छ र स्वास्थ्यकर खाजा वितरण गरिने शिक्षा महाशाखा प्रमुख कोइरालाले जानकारी दिए ।

किचनको सोमबार हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नम्बर १८ का अध्यक्ष अनिलकुमार बानियाँलगायतले निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणपश्चात नगरप्रमुख लामाले विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै गुणस्तरीय खाजा वितरणमा ध्यान दिन सम्बन्धित पक्षलाई सुझाव दिइन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...