कैलाश गाउँपालिकाले ल्यायो ५३ करोड ८६ लाख बजेट

१० असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार ९आज० गाउँपालिकाको सभाहलमा भएको १६ औं गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

उपाध्यक्ष मल्लका अनुसार चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०।९ प्रतिशत र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९।१ प्रतिशत बजेट छुट्याइएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालुखर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो ।
जसमा आर्थिक विकास तर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालु र पूँजीगत दुबैगरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ पूँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ । यस्तै, वातावरण तथा विपद्ततर्फ ४३ लाख पूँजीगत बजेट, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ चालु र पूँजीगत दुवैगरि ९२ लाख ९२ हजार १ सय रुपैयाँ र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ।

गाउँपालिकाकाले आफ्नो पालिकामा बसोबास गर्ने सीमान्तकृत, अपाङ्गता भएका तथा सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको छ। प्रयेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य र निशूल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशूल्क पाउने संवैधानिक हकको सूनिश्चिता गर्दै विद्यालयबाट वञ्चित बालबालिको शिक्षाको लागि बजेट विनियोजन गरिएको कैलाश गाउँपालिकाकाले जनाएको छ।

यस्तै, गाउँपालिकाभित्रका सहकारी संस्थालाई नेपाल सरकारको प्रणालीमा आवद्ध गरी संगठात्मक विकास गर्न सहकारी क्षेत्रमा बजेट विनियोजन गरेको छ भने विपद् व्यवस्थापनको क्षेत्रमा कुल बजेटको ४३ लाख रुपैयाँ छ्ट्याएको बताइएको छ।

बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियानको रुपमा विगतका आर्थिक वर्षदेखि सुरुवात गरेको चेली प्रोत्साहन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनका लागि बजेट विनियोजन गरेको छ भने चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र ऐतिहासिक विषेशतालाई सम्मान गर्दै चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने यस गाउँपालिकाले नीति लिएको छ।

हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान असिभयान सञ्चालन गरि सबै प्रकारका हिंसा विरुद्ध सुन्य सहनशीलता नीति लिइने बताइएको छ भने अतिविपन्न, सीमान्तकृत र अल्पसंख्यक महिलाहरुलाई विशेष प्राथमिकता दिँर्दै ग्रामीण महिलाहरुको सीप, क्षमता र दक्षता विकास गर्न ग्रामिण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज