१९ असार, हेटौँडा । पटकपटक समय सारेर आजबाट सुरु भएको बागमती प्रदेश सभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको छ । बिहीबार साँझबाट सुरु भएको प्रदेश सभाको बैठकको सुरुवातमा बोल्दै राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले बिहीबारको बैठक बहिष्कार गरेको घोषण गरेका हुन् ।
उनले बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा धेरै त्रुटीहरु नसच्याइएकोले बिहीबारको बैठक बहिष्कार गर्नुपरेको दावी गरे । उनले सत्ताधारी दलहरुले बजेटमा भएका कमिकमजोरी सच्याउन केहि समय माग गरेको आफुहरुले त्यो समयसम्म कुर्ने बताए । उनले बोलेसँगै राप्रपाका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।
यसअघि आगामी आर्थिक वर्षको बजेटमाथीको छलफलका लागि बोलाइएको बैठक १२ असारदेखि पटकपटक सार्दै बिहीबार साँझ ६ः४५ बजेबाट सुरु भएको थियो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालिन खर्च व्यवस्थापन प्रस्ताव र आगामी आर्थिक वर्षको बजेट वक्तव्य माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।