बागमती प्रदेश बजेटमा बढ्दो असन्तुष्टिः सत्तारुढ दलकै सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

१९ असार, हेटौँडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि चुलिंदो विवादकाबिच सत्तारुढ दलका सांसदहरूले नै प्रदेशसभामा सरकारको संरचना तथा बजेट निर्माण प्रक्रियामा सुधारको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सत्ता साझेदार दल एमालेका दुई÷दुई जना सांसदहरूले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको उक्त संकल्प प्रस्तावमा बजेट निर्माणको नीति, मन्त्रालयको संख्या, आयोग तथा बोर्डहरूको औचित्य, प्रशासनिक ढाँचा र योजना तर्जुमा प्रणालीमा आमूल सुधार आवश्यक रहेको औँल्याइएको छ । संकल्प प्रस्तावमा कांग्रेसबाट सांसद प्रभात तामाङ र रमेशकुमार महत तथा एमालेबाट सांसद केशवप्रसाद पोखरेल र मधुसूदन पौडेलले दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनभित्रकै सांसदहरूले यस्तो प्रस्ताव ल्याउनु सरकारप्रतिको आन्तरिक असन्तुष्टि स्पष्ट झल्किएको छ । उनीहरुले प्रदेशको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका हुन् ।

बजेट निर्माणमा स्थानीय सन्तुलन, औचित्य र प्राथमिकतामा पर्याप्त ध्यान नदिएको भन्दै सरकारमा असहज अवस्था सिर्जना भएको देखिन्छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटको विषयमा सांसदहरु नै असन्तुष्ट रहेका छन् । बजेटमा प्राथमिकता निर्धारण, योजना छनोट प्रक्रिया, क्षेत्रीय सन्तुलन तथा कार्यान्वयन क्षमताबारे सांसदहरुले प्रश्न उठाइरहेका छन् । बजेटका विभिन्न शीर्षक, कार्यक्रमको प्राथमिकता, कार्यान्वयन क्षमता र स्रोतको सुनिश्चिततामा प्रश्न उठिरहेका बखत संकल्प प्रस्ताव दर्ता भएको हो ।

संसद सचिवालयका अनुसार संकल्प प्रस्तावमा मन्त्रालय संख्या र कार्यविभाजन पुनरावलोकनको माग गरिएको छ । प्रस्तावमा उल्लेख भए अनुसार हाल मन्त्रालय संख्या समय सापेक्ष नभएको, कार्यविभाजन अस्पष्ट भएको र त्यसले अनावश्यक दोहोरोपन तथा खर्च वृद्धि गरिरहेको औँल्याइएको छ । संविधानको अनुसूची ६ मा बमोजिम प्रदेश सरकारको एकल अधिकारको सूचीअनुसार मन्त्रालयहरुको संख्या र कार्यविभाजन स्पष्ट गरिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा आयोग, परिषद र बोर्डहरुको औचित्यमाथि प्रश्न उठाइएको छ । २०७४मा गठित प्रदेश सरकारका विभिन्न आयोग, परिषद र बोर्डहरु आवश्यकता र कार्यक्षेत्रमा दोहोरोपन भएको उल्लेख छ । उक्त निकायहरुले आर्थिक बोझ बढाउनुको साथै र प्रभावकारी रुपमा काम गर्न नसकेकाले पुनःसंरचना वा खारेजीको माग गरिएको छ ।

त्यस्तै प्रशासनिक संरचना समीक्षा र पुनःसंरचना गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशका मन्त्रालय, महाशाखा, निर्देशनालय लगायतका संरचनाहरुको कार्यभार, औचित्य र प्रभावकारिताको समीक्षा गरी आवश्यकता अनुसार पुनःसंरचना गर्न ओएनएम प्रक्रिया लागू गरी समग्र प्रशासनिक ढाँचा चुस्त बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रदेश सरकारको योजना तर्जुमा र बजेट प्रक्रिया वैज्ञानिक बनाउन प्रस्तावमा माग गरिएको छ । प्रदेशमा योजना निर्माण र बजेट तर्जुमा प्रक्रिया अझै वैज्ञानिक र प्रणालीगत बन्न नसकेकाले त्यसलाई प्रभावकारी बनाउन प्रदेश तहमै योजना तर्जुमा तथा सुपरिवेक्षण समिति गठन गर्ने प्रस्ताव गरिएको छ । उक्त समितिको संयोजक सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद हुने र समानुपातिक सांसद, पालिका प्रमुख÷उपप्रमुख तथा विषयगत कार्यालयका प्रतिनिधिहरु सदस्य रहने उल्लेख छ भने सो समितिबाट सिलिङको आधारमा योजना संकलन गरी बजेट निर्माण हुनु ३ महिना अघिनै तयारी थाल्नुपर्ने प्रस्ताव गरिएको छ ।

संसदमा दर्ता भएको उक्त संकल्प प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन बाँकी रहेको छ । उक्त संकल्प प्रस्ताव प्रदेशसभा सचिवालयले प्रक्रिया अनुसार छलफलको चरणमा अघि बढाउने छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको बजेट केबल पैसालाई भागबण्डामा सीमित गरिएको बताए । उनका अनुसार प्रदेश सरकारले अहिले बजेटलाई केवल भागबण्डामा मात्र केन्द्रीत गरेकाले प्रदेशका योजनाहरु कुनै पनि यसमा छैनन् । रोजगारी सिर्जना, विकास–निर्माणका कामहरु, ठूला खालका योजनाहरु बजेटले समेट्न सकेको नदेखिएको उनको भनाई छ ।

विगतमा पनि बजेटका विषयमा विवाद भएपनि संकल्प प्रस्ताव नै हाल्नुपर्ने परिस्थिती नभएको उनले बताए । अहिलेको संकल्प प्रस्ताव ठिक वा बेठिक भन्दा पनि सरकारको गति उचित नभएको उनको दावी छ । ‘अहिले दलहरु बिचको विवाद सिद्धान्त, नीतिका लागि नभइ भागबण्डा हेरफेरको लागि हो । यो बजेटमा कांग्रेस एमालेका सांसदहरु बीचमा असन्तुष्टि उच्च छ ।’ उनले भने, ‘सत्तापक्षकै सांसदहरुले बजेटका विरुद्धमा संकल्प प्रस्ताव राख्ने विषय नयाँ हो । आजसम्म कहीँ पनि यस्तो विषय भएको थिएन । न प्रदेशमा, न संघमा यस्तो काम भएको छ । अब यसलाई ठीक र बेठीक भन्दा पनि सरकारको लय सुधार्नुपर्छ ।’ पूर्वमुख्यमन्त्री पौडेलले भने ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...