२१ असार, हेटोँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेल सामाग्रीसहित सम्मान गरेको छ। वडामा स्थायी बसोबास गर्ने राष्ट्रिय खेलाडी रिजन ढकाल र शुभ कंसाकारलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् । उपमेयर बानियाँले आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडीहरू कुनै पनि प्रतियोगिताबाट वञ्चित बन्न नपरोस् भन्नेतर्फ उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
सम्मान कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । वडा सचिव अमोद प्रसाद मैनालीले ढकाल र कंसाकारलाई कुल ८० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष महर्जनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गराउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै भविष्यमा पनि वडाबाट प्रतिभाशाली खेलाडीलाई निरन्तर सहयोग गरिने प्रतिवद्धता जनाए ।
सम्मानित खेलाडी द्वय ढकाल र कंसाकारले स्थानीय निकायबाट प्राप्त सहयोगले आगामी खेल यात्रामा थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।