९ साउन, हेटौँडा । बागमती प्रदेश सरकारमा आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ । शुक्रबार कांग्रेसका तर्फबाट मन्त्री रहेका चार जनाले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले उनीहरूलाई पदमुक्त गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (२) को (ख) बमोजिम मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका हुन् ।
आफूलाई असहयोग गर्दै संसदीय दलको नेताविरुद्ध हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको उनको स्रोतको दावी छ । यसअघि शुक्रबार दिउँसो कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् ।

Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।