१३ साउन, हेटौंडा । कांग्रेस बागती प्रदेश संसदीय दलको नेता चयनको लागि प्रक्रिया सुरु भएको छ । जसका लागि कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोललाई रहेका सदस्यमा चयन गरेको छ ।
समितिको आजै बस्ने बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्नेछ । संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार गर्ने बुझिएको छ ।
यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो ।
मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको बिषयमा मंगलबार दिउँसो भएको मत विभाजनका क्रममा नेता लामा पराजित भएका थिए । प्रदेश सभामा ३५ जना सदस्य रहेको कांग्रेसका २१ जना सांसदले अविश्वासको पक्षमा र १५ जना पक्षले लामाको पक्षमा मदतान गरेका थिए ।
यो सँगै कांग्रेस बागमती प्रदेशमा संसदीय दलको नेता पद रिक्त भएको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता पद रिक्त भएसँगै नयाँ नेता चयन गर्न प्रक्रिया अघि बढाइने भएको छ ।
कांग्रेस बागमती प्रदेश कार्यसमितिको सभापति इन्द्रबहादुर बानियाँ छन् । उनकै अगुवाईमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।