कांग्रेसको संस्थागत निर्णय मान्ने एमालेको घोषणा, गठबन्धनको स्थायित्वको पक्षमा उभिने अडान

१४ साउन, हेटौँडा । बागमती प्रदेशमा विकसित राजनीतिक उतारचढावका बीच नेकपा एमालेले कांग्रेसको संस्थागत निर्णयलाई मान्ने औपचारिक धारणा सार्वजनिक गरेको छ। कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको विजयपछि बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा नदिने अडान लिएका बेला एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

मुख्यमन्त्री लामाले आफू गठबन्धनबाट निर्वाचित भएको र दलको नेता नहुँदा मात्रै पद नछोडिने जिकिर गरेका छन् । उनले दुई वर्षसम्म सरकार परिवर्तन गर्न नपाइने संविधानिक व्यवस्था औंल्याउँदै पदमा टिकिरहने अडान लिएका छन् ।

तर, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भने कांग्रेसभित्रको आन्तरिक विवादमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट गरेका छन् । “संसदीय दलको नेता परिवर्तन कांग्रेसको आन्तरिक विषय हो, त्यसमा हाम्रो कुनै चासो छैन,” थपलियाले भने, “हाम्रो चाहना भनेको कांग्रेसले चाँडो समस्याको समाधान गरोस् र नयाँ ढंगले सरकारलाई अघि बढाओस् भन्ने हो ।”

एमालेले राजनीतिक स्थायित्व, सहकार्य र जनमुखी शासन प्रणालीको पक्षमा उभिनुपर्नेमा जोड दिएको छ । पार्टीको निर्णयमा भनिएको छ, “प्रदेशमा स्थायित्व, सुशासन र लोकतान्त्रिक अभ्यासका लागि संवाद र सहकार्यका सम्भावना खुला राखेका छौं ।”

सरकार गठनमा एमालेको समर्थन आवश्यक परेमा स्पष्ट राजनीतिक तथा वैचारिक आधारमा मात्रै निर्णय गरिने पनि एमालेले स्पष्ट पारेको छ । पार्टीले गुटगत वा व्यक्तिगत हितका आधारमा कुनै सत्ताखेलमा नफसिने प्रतिबद्धता जनाएको छ ।

प्रदेशको वर्तमान राजनीतिक समीकरण फेरिँदै गर्दा एमालेको यो घोषणा बागमतीको आगामी सत्ता समीकरणमा निर्णायक बन्ने अनुमान गरिएको छ । कांग्रेसभित्रको नेतृत्व परिवर्तनसँगै अबको बाटो के हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...