२० साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौं मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा दुई जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
एमालेबाट संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा किरण थापामगर, जयराम थापा, भरतबहादुर केसी, डा. दिनेशचन्द्र देवकोटा र विन्दु श्रेष्ठ मन्त्री बन्दैछ्न । यस्तै कांग्रेसबाट शिबराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्ने छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।