२० साउन, हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त आठ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथ ग्रहण गराए ।
नवनियुक्त मन्त्रीहरूमध्ये कांग्रेसका २ र एमालेका ६ जना छन्। एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त भएका छन् ।
कांग्रेसतर्फबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारी बिना विभागीय मन्त्री बनेका छन्।
कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री नियुक्त गरिएको छ भने बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।