२० साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायीताका साथ अघि बढ्ने बताएका छन् । पद तथा गोपनियताको शपथपछि पदभार ग्रहण गर्दै उनले बागमती प्रदेशमा सुशासन पहिलो प्राथमिकता दाबी गरे ।
मन्त्रालयको संख्या बढ्छ ? भन्ने पत्रकारको जवाफमा मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे । उनले प्रदेश सरकारलाई सर्वपक्षीय सहभागितासहित समृद्ध बागमती निर्माणतर्फ अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार, अहिलेको संरचनालाई नै व्यवस्थित गर्दै नागरिकलाई छिटोछरितो सेवा र विकासको अनुभूति दिलाउनेतर्फ सरकार केन्द्रित हुनेछ ।
‘प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन । संविधानले अधिकतम २२ मन्त्रालयको व्यवस्था गरे पनि त्यो उपयुक्त होइन, उनले भने, ‘बरु संविधान संशोधनमार्फत संरचना घटाएर मर्यादित र प्रभावकारी प्रणालीतर्फ जानुपर्छ ।’ पार्टी भित्र देखिएको हालको विवाद बारे प्रतिक्रिया दिँदै उनले सरकार परिवर्तन भइरहेको बिषय र मन्त्री धेरै भए भनेर प्रदेशको गौरव घटेको कुरा केही हदसम्म सत्य भएपनि यसैलाई चिर्न बागमतीमा नयाँ सरकार बनेको उनले दाबी गरे । ‘हामी यसलाई व्यवस्थापन गर्छौ । पारदर्शी, उत्तरदायी र जनताप्रति निष्ठावान भएर काम गर्नेछौं,’ उनले भने ।
दलीय विवादका विषयमा उनले विपक्षीसँग सहकार्य गर्ने र आफ्नै दलभित्रको मतभिन्नतालाई छलफलमार्फत समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । बानियाँले प्रदेश सरकारको प्राथमिकता सुशासन र जनविश्वास कायम गर्ने रहने स्पष्ट गर्दै भने, ‘अब बोल्ने मात्र होइन, गर्ने कुरा सुरु हुन्छ । जनतालाई पारदर्शी र जिम्मेवार सरकारको अनुभूति दिलाउँछौं ।’
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।