बागमती सरकारले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई एक लाख दिने

४ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मनहरि गाउँपालिका वडा नम्बर ६, दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् ।
ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रक्रिया पूरा गर्न प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानियाँले निर्देशन दिएका हुन् । बानियाँले सो घटनामा घाइते भएकाहरुको सहज उपचारको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।
‘सो घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ। गाउँपालिकाले निःशुल्क उपचारको प्रवन्ध गरेको छ। यदी गाउँपालिकालाई खर्च व्यहोर्न समस्या देखियो भने प्रदेश सरकारले व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया मिलाउन निर्देशन दिएको छु,’ उनले भने ।
मुख्यमन्त्री बानियाँको निर्देशनअनुसार सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्थाअनुसार प्रक्रिया पूरा गर्न र विपद् व्यवस्थापन परिषद तथा विपद् व्यवस्थापन कार्यकारी परिषदको बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन गरेका छन् ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा चट्याङ लागेर मनहरी–६, दैलीडाँडाका ४२ वर्षीय विशाल ब्लोनको घटनास्थमै मृत्यु भएको थियो । घटनामा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...