९ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र डर, लोभ र अन्योलको मानसिकता त्याग्नुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले २०८४ सालको निर्वाचनलाई व्यक्तिगत हैसियतको दृष्टिले भन्दा राष्ट्रप्रतिको जिम्मेवारीका आधारमा लिनुपर्ने बताए।
‘यो बेला कांग्रेसले सबैभन्दा पहिले ०८४ मा मेरो अवस्था के होला भन्ने मानसिकता त्याग्नुपर्छ,’ उनले भने, ,’प्रधानमन्त्रीको आलोपालो भन्ने ओलीजीको कुरा पनि बिर्सिनुपर्छ, त्यो बाटो हाम्रो लागि होइन ।’
थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाउने आलोपालो सरकारको प्रसंगलाई कांग्रेसले अनावश्यक रूपमा गम्भीरतापूर्वक नलिनुपर्ने धारणा राखे। ‘उहाँले पद छाड्नुहुन्छ कि हुन्न भन्ने अन्योलमा बस्न जरुरी छैन,’ थापाले स्पष्ट पारे ।
उनले कांग्रेसले आफ्नो भूमिकालाई स्पष्ट पार्दै लोभ, डर र अन्योलबाट बाहिर निस्कन सक्दा मात्रै पार्टीले आफ्नो कर्तव्य पूरा गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, पार्टीभित्र पठन संस्कृतिको विकास अपरिहार्य रहेको भन्दै साहित्य र अध्ययनको प्रवर्धनमा साहित्यकारलाई सक्रिय बनाउनुपर्ने सुझाव पनि उनले दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।