मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

१० भदौ, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ इन्द्रुङका २६ वर्षीय सुमनसिंह प्रजा अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिंका दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका छन् ।

मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यलयमा अध्यक्ष मल्ला र सभापति जिम्बा लागएतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैं अघिनै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आफुले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइदिने घोषणा गरेका थिए । सोहि निर्णयलाई कार्यान्वयन गर्दै मुख्यमन्त्री बानियाँले सुमनसिंहको परिवारलाई घर बनाइदिने भएका हुन् ।

लामो समयदेखि छाप्रोमा कष्टकर जिवन विताउँदै आएका सुमनसिंहकी श्रीमती एक महिनाअघि सुत्केरी भएकी थिइन् । खानाका लागि खोरियाको भर र घामपानीबाट बच्न छाप्रो मात्रै भएका सुमनसिंलार्ई तत्काल गाउँपालिकाले चामल, दाल, तेल, नुन, कम्बल र त्रिपाल उपलब्ध गराएको थियो । तर बजेट पालिकामा बजेट अभावमा सुमनसिं प्रजाको लागि घर निर्माण सम्भव नभएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

एक महिनाकी सुत्केरीसहित छाप्रोमा अति कष्टकर जिवन विताउँदै आएको बिषय अध्यक्ष मल्ला र सभापति जिम्बाले मुख्यमन्त्री बानियाँलाई जानकारी गराएका थिए । आफ्नो तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुसार नै सुमनसिंहको परिवारलाई दशैँअघि नै घर बनाइदिने निर्णय गरेको मुख्मयन्त्री बानियाँले बताए ।

‘म राजनीति सेवाका लागि गर्छु, मेरो जिवन निर्वाहका लागि त व्यापार व्यवसाय छदै छ,’ उनले भने, ‘मैले प्रदेश सरकारबाट प्राप्त गर्ने सेवा सुविधा वापतको तलब भत्ता आफ्नो क्षेत्रका नागरिकको आवस्यकतामा खर्च गर्न पाउँदा खुशी छु । म यो कामलाई निरन्तरता दिन्छु ।’

गाउँपालिका अध्यक्ष मल्ल र काँग्रेस राक्सिराङ सभापति जिम्बाको सिफारिसमा सुमनसिंह प्रजाको परिवारको लागि मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्छा र ट्वाइलेटसहितको घर तत्काल निर्माण गर्न निर्देशन दिएका छन । घर निर्माण गर्दा खर्च हुने सम्पूर्ण रकम मुख्यमन्त्री बानियाँले व्यक्तिगत रूपमा बेहोर्नेछन् ।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा नम्बर ९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारलाई घर निर्माणका लागि पहिलो किस्ताबापत दुई लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...