जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

२५ भदौ, हेटौँडा । हालै देशभर उग्र बनेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमबारे नेपाली कांग्रेस बागमती प्रदेश समितिले औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भत्र्सनासमेत गरिएको छ । सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नकांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ ।’

कांग्रेस बागमती प्रदेशले आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोग मान्दै आए पनि हिंसात्मक क्रियाकलापलाई अस्वीकार्य गरेको जनाएको छ । समितिले राजनीतिक नेतृत्व, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमणहरू अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय रहेको र यस्ता गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

साथै विज्ञप्तिमा हालको विषम परिस्थितिमा राज्य सञ्चालन गर्ने नेतृत्वले नागरिकको मनोविज्ञानअनुसार सही निर्णय लिन नसक्दा जनआक्रोश चुलिएको र यसले मुलुकमा क्षति पुर्याएको निष्कर्षसमेत प्रस्तुत गरिएको छ । प्रशासनिक केन्द्र सिंहदरबार, निर्वाचन आयोग र संसद् भवनजस्ता संवैधानिक तथा महत्त्वपूर्ण संरचनामाथिको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता नै खतरामा पार्ने टिप्पणी गरेको छ ।

कांग्रेस बागमती प्रदेशले आफ्ना सबै पार्टी पंक्ति, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा आम नागरिकलाई आन्दोलनका नाममा हुन सक्ने अवाञ्छित गतिविधिबाट सचेत रहन र त्यस्ता गतिविधि निस्तेज पार्न सक्रिय हुन आह्वानसमेत गरेको छ । विज्ञप्तिमा ‘विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ भन्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज