जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

२५ भदौ, हेटौँडा । हालै देशभर उग्र बनेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमबारे नेपाली कांग्रेस बागमती प्रदेश समितिले औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भत्र्सनासमेत गरिएको छ । सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नकांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ ।’

कांग्रेस बागमती प्रदेशले आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोग मान्दै आए पनि हिंसात्मक क्रियाकलापलाई अस्वीकार्य गरेको जनाएको छ । समितिले राजनीतिक नेतृत्व, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमणहरू अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय रहेको र यस्ता गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

साथै विज्ञप्तिमा हालको विषम परिस्थितिमा राज्य सञ्चालन गर्ने नेतृत्वले नागरिकको मनोविज्ञानअनुसार सही निर्णय लिन नसक्दा जनआक्रोश चुलिएको र यसले मुलुकमा क्षति पुर्याएको निष्कर्षसमेत प्रस्तुत गरिएको छ । प्रशासनिक केन्द्र सिंहदरबार, निर्वाचन आयोग र संसद् भवनजस्ता संवैधानिक तथा महत्त्वपूर्ण संरचनामाथिको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता नै खतरामा पार्ने टिप्पणी गरेको छ ।

कांग्रेस बागमती प्रदेशले आफ्ना सबै पार्टी पंक्ति, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा आम नागरिकलाई आन्दोलनका नाममा हुन सक्ने अवाञ्छित गतिविधिबाट सचेत रहन र त्यस्ता गतिविधि निस्तेज पार्न सक्रिय हुन आह्वानसमेत गरेको छ । विज्ञप्तिमा ‘विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ भन्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...