२६ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको शान्तिसुरक्षा र जनसुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९६० बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि लागू हुने गरी आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार अर्को आदेश जारी नभएसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म निषेधाज्ञा रहनेछ । त्यस्तै, बिहान ६ बजेदेखि ९ बजेसम्म कर्फ्यु आदेश लागू हुने जनाइएको छ।
साथै अत्यावश्यक कामका लागि बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। निषेधाज्ञा तथा कर्फ्यु अवधिमा सभा, जुलुस, भेला, प्रदर्शन र िडभाड पूर्णतः निषेध गरिएको छ ।
तर, अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, दमकल, एम्बुलेन्स, शववाहन, औषधि तथा खाद्यान्न ढुवानीका साधन भने सञ्चालन गर्न सकिने जनाइएको छ ।
त्यस्तै, सरकारी तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले टिकट देखाएर आवतजावत गर्न पाउनेछन् । प्रशासनले निषेधाज्ञा र कर्फ्यु आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।