२७ भदौ, हेटौँडा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न मुलुकका कूटनीतिज्ञ सहभागी थिए ।
लामो राजनीतिक रस्साकस्सीपछि केहीबेर अघि मात्र राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार, नियुक्ति गर्दा संविधानको धारा ६१ को उपधारा ९३० र ९४० मा रहेको राष्ट्रपतिको संवैधानिक अधिकार प्रयोग गरिएको हो ।
उक्त धारामा राष्ट्रपतिले “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने” र “संविधानको पालना तथा संरक्षण गर्नु प्रमुख कर्तव्य हुने” व्यवस्था छ । यी प्रावधानलाई आधार मान्दै मुलुकलाई असामान्य अवस्थाबाट निकाल्ने जिम्मेवारी कार्कीलाई दिइएको हो ।
यसअघि, जेन–जी आन्दोलनको दबाबबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा उत्पन्न भएको राजनीतिक शून्यतालाई अन्त्य गर्न कार्की नेतृत्वको निर्दलिय अन्तरिम सरकार गठन गरिएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।