२७ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै कार्कीले आफ्नो पहिलो निर्णयकै रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति पौडेलले उक्त सिफारिस तत्काल सदर गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन् ।
शुक्रबार राति शीतल निवासमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको शपथ गराएका थिए । शपथपछि मन्त्रिपरिषद्को पहिलो बैठकमै संसद् विघटनको निर्णय गरिएको हो ।
युवा पुस्ता (जेन–जी)को आन्दोलन र दबाबकै आधारमा कार्की सोमबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । जेनजी अभियानका अगुवाहरूले सामाजिक सञ्जालमार्फत कार्कीको नाम अघि सारेका थिए ।
संसद् विघटनको यो कदम मुलुकको संवैधानिक र राजनीतिक इतिहासमा दुर्लभ मानिएको छ । प्रधानमन्त्री नियुक्त भएको पहिलो दिनमै संसद् विघटन गर्ने निर्णय लिने यो पहिलो उदाहरण भएको विज्ञहरूको भनाइ छ ।

Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।