बागमती प्रदेश सभाका सभामुख पद रित्त, पाठकले दिए राजीनामा

१ असोज, हेटौँडा । बागमती प्रदेश सभामा सभामुख पद रिक्त भएको छ । सभामुख भुवनकुमार पाठकले औपचारिक रूपमा पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । २४ भदौमा जेन–जी पुस्ताको आन्दोलन चरमउत्कर्षमा पुगेको वेला उनले सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेका थिए ।

सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार भने उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । उनले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन् ।

तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न असहज भएकाले औपचारिक पत्र पठाउन नसकेको स्पष्टीकरण दिँदै पाठकले बुधबार ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको बताएका हुन् । राजीनामा–पत्रमा पाठकले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्त भावविह्वल बनाएको उल्लेख गरेका छन् ।

उनले राष्ट्र शोकमा डुबिरहेको वेला जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत सभामुख पदमा बसिरहनु उचित नलागेको कारण आफूले राजीनामा दिएको दिएको दावी गरेका छन् । २८ पुस ०७९ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए ।

यस्तै प्रदेश सभामा पाठकले प्रतिनिधित्व गरेको पार्टी राप्रपाले आफ्नो पार्टीका तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूण सदस्यहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर उनीहरुले अहिलेसम्म पदबाट राजीनामा गरेको पत्र प्रदेश सभामा बुझाएका छैनन् । राप्रपाका प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफुहरु सल्लाहमै रहेको र एकदुई दिनभित्रै राजीनामा पत्र बुझाउने बताएका छन् ।

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्र मान बज्राचार्यको राजीनामा
यसैबिच ११० सदस्यीय बागमती प्रदेश सभा दुई सदस्य रहेको ‘हाम्रो नेपाली पार्टी’ का बागमती प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता शैलेन्द्र मान बज्राचार्यले सांसद पदबाट राजीनामा दिएका छन् । उनले जेनजी आन्दोलनलाई सामाजिक सञ्जालमार्फत समर्थन गर्दै पद त्यागेको घोषणा गरेका थिए । बज्राचार्यले फेसबुकमार्फत जेनजी आन्दोलनका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सदस्यबाट राजीनामाको घोषणा गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...