बागमतीमा मन्त्रालयको संख्या घटाउन माओवादी केन्द्रले दबाब दिने

९ असोज, हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन दबाब दिने भएको छ । बुधबार काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशमा रहेको १४ मन्त्रालयबाट संख्या घटाएर सानो आकारको मन्त्रिपरिषद् बनाउन दबाब दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बैठकले प्रदेश सरकारलाई हाल रहेको १४ वटा मन्त्रालयबाट संख्या घटाउन दबाब दिने निर्णय गरेको जानकारी दिँदै मन्त्रालयको संख्या धेरै हुनु प्रदेश संरचनाप्रति नागरिकमा बढ्दो नैराश्यको मुख्य कारण भएको बैठकले निष्कर्ष निकालेको बताए ।

‘प्रदेशमा भएका मन्त्रालयको संख्याले आमनागरिकमा नैराश्यता छाएको छ । संघीयताप्रति नकरात्मकता बढ्दै गएको छ,’ उनले भने, ‘त्यसकारण हामीले मन्त्रालयको संख्या घटाउन दबाब दिने निर्णय गरेका हौँ ।’ उनका अनुसार प्रमुख प्रतिपक्ष दलको हैसियतमा सरकारलाई सकारात्मक सुझावसहित मन्त्रालय संख्यामा कटौती गर्न दबाब दिइनेछ । साथै, सरकारले ल्याउन लागेको पूरक बजेटको विपक्षमा उभिने निर्णय पनि बैठकले गरेको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । हाल प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । यद्यपि, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । दसैँपछि बस्ने प्रदेश सभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्नेछ ।

सभामुख पाठकले गत २३ भदौमा जेन–जी आन्दोलन उत्कर्षमा पुगेका वेला पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले लगत्तै १ असोजमा उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका थिए । दलका नेता शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जेन–जी आन्दोलनपश्चातको परिस्थितिको समीक्षासमेत गरिएको ढकालले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...